कांग्रेसमा डा. कोइरालालाई उछिन्दै खुमबहादुरले लिए अग्रता

khum bahadur khadkaकाठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुको मतगणना जारी छ ।

केन्द्रीय सदस्य खुलातर्फको मत गणनाको पछिल्लो परिणाम अनुसार डा. शेखर कोइरालालाई पछि पार्दै खुम बहादुर खड्का अग्रता लिएका छन् ।

शनिवार मध्यान्हसम्मको ८ सय ३ मत गणना हुँदा खड्काको ४७१ मत रहेको छ । खड्काले कोइरालालाई २ मतले पछि पारेका छन् । शेखर ४ सय ६९ मतका साथ दोस्रो स्थानमा छन् ।

यस्तै, प्रकाशमान सिंह ४ सय ६७ मतका साथ तेस्रो स्थानमा छन् । प्रदीप पौडेलको ४ सय ६० मत छ । रमेश लेखक अगाडि आएका छन् । उनी ४४७ मतका साथ पाँचौ स्थानमा छन् ।

listt