काठमाडौँ- नेपाली कांग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्य पदको मतगणना आइतबार चौथो दिन पनि जारी छ ।
अहिलेसम्म एक हजार ५०० मतगणना हुँदा सबैभन्दा अगाडि खुमबहादुर खड्का छन् । उनले ८९८ मत प्राप्त गरेका छन् ।
केन्द्रीय निर्वाचन समितिका अनुसार डा. शेखर कोइराला ८८५, प्रकाशमान सिंह ८८०, रमेश लेखक ८५१, पूर्णबहादुर खड्का ८४६ र केवी गुरुङले ८४१ मत प्राप्त गरी अग्रस्थानमा रहनुभएको छ ।
त्यसैगरी, प्रदीप गिरी ८३९, प्रदीप पौडेल ८३७, बालकृष्ण खाँण ८३५, विमलेन्द्र निधि ८३३, धनराज गुरुङ ८२४, महेश आचार्य ८१५, डा. रामशरण महत ७८६, बलबहादुर केसी ७८५, विश्वप्रकाश शर्मा ७७१, सुजाता कोइराला ७६६, शङ्कर भण्डारी ७४९, प्रकाशशरण महत ७४०, एनपी साउद ७३० र गोपालमान श्रेष्ठले ७३० मत प्राप्त गरेका छन् ।
त्यस्तै, चन्द्र भण्डारीले ७२१, डा. मीनेन्द्र रिजाल ७१३, ज्ञानेन्द्रबहादुर कार्की ७१३ मतका साथ २५ जना भित्रमा परेका छन् ।
महाधिवेशनमा कुल तीन हजार १४८ मत खसेकाले अझै आधा मतगणना गर्न बाँकी रहेको छ ।






