परदेशिने लाखौं गुल्मेलीका गाउँघरमा किन पुगे, गायक दिपक परियार (भिडियोसहित)

लन्डन ।  नेपाली लोक दोहोरी क्षेत्रमा केहि वर्ष पहिला मात्र उदाएर छोटो समयमानै आफ्नो छुट्टै पहिचान बनाएका त्यसमा पनि बर्तमान समयमा दोहोरीले खोजेको पक्का गायक हुन दिपक पारीयार । २०५१ सालमा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपलिकामा जन्मिएका दिपकले बिभिन्न बिदाका लोक गीतमा शब्द, लय अनि आवाज समेत भरेका छन । कुशल दोहोरी गाउन माहिर परीयार अहिले रुपन्देही जिल्लामा बसेर लोक सांगीतिक क्षेत्रमा निरन्तर क्रियाशिल छन । छोटो समयमानै दर्शक, स्रोताको मन जित्न सफल गायक दिपक परीयार संग गीतसंगितका शन्दर्भमा नेपाललण्डन न्युजका लागि राम प्रसाद भण्डारीले गरेको कुराकानी ।
सांगीतिक क्षेत्रमा लाग्ने जागर कसरी प्राप्त भयो ?
मेरो जन्म चन्द्रकोट गाउँपलिकामा भएतापनी मेरो बसाई आपँचौर फुपुको घरमा भयो । मलाई सांगितिक दुनियाँमा हरपल सहयोग गर्ने फुपु दिदीको प्रेरणाले गर्दानै म यहाँ सम्म आइपुगे । म त्यहाँ रहेको श्री नेपाल राष्ट्रिय उच्च मा बिमा अध्ययन गर्ने क्रममा बिभिन्न लोक तथा दोहोरी बिदाका कार्यक्रममा प्रतियोगिको रुपमा सहभागी हुँदै प्रतियोगितामा सफल हुँदैँ बिभिन्न पुरस्कारहरु जित्दै आज यो स्थान सम्म आए । म वास्तवमा गीत संगीतको माध्यमबाट मनोरञ्जन मात्र होईन आफ्नो स्थानिय परीबेशलाई कसरी उजागर गर्न सकिन्छ , एतिहासिक स्थानहरुलाई कसरी प्रचारप्रसार गर्न सकिन्छ भन्ने कुरालाई स्पष्ट पार्न तथा सानै देखिको रुचिलाई साकार पार्न औपचारिक रुपमा २०७१ सालबाट नेपाली लोक सांगीतिक क्षेत्रमा प्रवेश गरे ।
तपाईंले यो अवधिमा कस्ता कस्ता गीतहरु बजारमा ल्याउनुभयो ?
मेरो पहिलो गीत मेरो जन्म जिल्ला गुल्मीलाई समेटेर ‘गुल्मेली मन ‘ सालैजो निकालेको थिए । जुन गीत २०७१ सालमा बजारमा ल्याएर औपचारिक रुपमा आफ्नो संगीत र गायनको प्रारम्भ गरेको थिए । जुन गीतमा स्वर स्वयम दिपकको रहेको छ । पहिलो गीतनै आम दर्शक स्रोताले रुचाइदिनु भयो । जसको हौसला पछि अहिले सम्म क्रमिक रुपमा गीतहरु बजारमा आइरहेका छन । मेरो आवाजमा रहेका अन्य गीतहरुमा हुक्दी सिरै ,झुम्के बुलाकी , आइन सानु घर , लुकिलुकी भेट न आउँ है काली, मालिका पञ्चेबाजा लगाएतका तिज , झ्याउरे गीतहरुले नेपाली दर्शक तथा श्रोताको मन जित्न सफल भैसकेका छन । म मेरा सिर्जनामा खुशी छु ।
रुपन्देही जिल्लामा बसेर नेपाली लोक सांगीतिक क्षेत्रमा संघर्ष गरिरहँदा कस्तो अनुभब लिनुभएको छ ?
अध्ययन संगै संगितमा होमिदाको त्यो अवस्था साच्चिकै मलाई सम्झन लायक एउटा क्षण बनेको छ । दु:ख लाई आत्मसाथ गर्दै अग्रजको माया र सहयोगले अगाडि बढेको म , अझै धेरै दु:ख र संघर्षलाई जालजेल गर्दै हिंड्नु छ । एक दर्जन गीतलाई सब्द , स्वर , लयले भरिभराउ पारेको अवस्थामा आँफै लाई थप आनन्द महसुत भएको छ । र सबै नेपाली मनहरुले दर्साउनु भएको माया प्रती म प्रफुलित भएको छु । अझ धेरै संघर्ष गरेर लोक संगितलाई थप उचाईमा पुर्याउने लक्ष्य लिएको छु ।
आगामी दिनमा कस्ता–कस्ता गीत निकाल्ने योजनामा हुनुहुन्छ ?
रत्यौली , झ्याउरे अव केही दिनमै सार्वजनिक हुँदैँछन भने तत्काल त्यसपछी तिज गीत संगित पस्कने योजना बनाएको छु । स्टेज कार्यक्रममा कत्तिको व्यस्थ हुनुहुन्छ ? नेपालका बिभिन्न कुनाकन्दरा देखी हाम्रो स्वरलाई प्रतिरन्जित गर्दै गर्दा कहिले कसो अन्त-राष्ट्रिय स्तरमा छरिएर रहेका नेपालीहरुले कार्यक्रमामा आउन अनुरोध गर्नुहुन्छ त्यसमा म निकै खुशी छु र बिगतमा बाग्लुङ सेवा समाजले कार्यक्रम मलाई कलाकारको रुपमा बोलाउनुभएको थियो ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ? 
लन्डननेपाल न्युजलाई र राम प्रसाद जिलाई र आम नेपाली आमा बुवा दीदी बहिनी एबम दाजु भाईहरुमा म के अपिल गर्न चाहान्छु भने म अव थप नयाँ श्रीजना लिएर अगाडि बढ्ने छु र तपाईंहरुको मन र मस्तिस्कमा गुनगुनाउने प्रतिबद्दता ब्यक्त गर्न चाहान्छु ।

गीत-सङ्गीत मार्फत गुल्मी लाई चिनाउने अभियान स्वरुप पछिल्लो पुस्ताका लोकपृय गुल्मेली गायक दीपक परियार र स्वस्तिका पन्थको आवाज रहेको रोइला गीत सार्वजनिक गरे ! पुरा भिडियो हेर्नुहोस “

Leave a Reply

Your email address will not be published. Required fields are marked *