संविधान जारी नहुनु दुर्भाग्य : थापा

काठमाडौं, ५ चैत । पूर्वप्रधानमन्त्री थापाले भन्नुभयो, “संविधान लेख्न नसक्नुको दोष हामी सबैले लिनुपर्छ, जनतासमक्ष बाचा गरेअनुरुप संविधान दिने काममा अहिलेसम्म असफल हुँदै आएका छौँ, जनतामा अहिले बिल्कुल असन्तोष र निराशा छाएको अवस्था छ ।”
‘‘मुलुकमा राजनीतिक परिवर्तनको आन्दोलनमा ठूलो योगदान दिएका, युद्ध लडेका दक्ष र अनुभवी नेताको संविधानसभामा जमघट भए पनि दुईपटक संविधानसभाको निर्वाचन हुँदासमेत संविधान जारी गर्न नसक्नु दुर्भाग्य हो’’ उहाँले भन्नुभयो ।
महिला, आदिवासी जनजाति, दलित र पछि परेका समुदायको मागलाई सम्बोधन गर्दै समाजमा उपलब्ध साधन स्रोतमा आपसमा समानता र समान व्यवहार भएको महसुस नभएसम्म राजनीति दलका नेताहरु मिल्दैमा समस्या समाधानमा कठिनाइ हुने तर्क गर्दै पूर्वप्रधानमन्त्री थापाले ‘‘यो विषयमा केन्द्रित गरेर समाजका सबै पक्षलाई समान हकदार नबनाएमा आर्थिक र राजनीतिक सुधार गर्न सकिँदैन, स्थिति अझ बिग्रन सक्छ’’ भन्नुभयो ।
सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “भिन्न आदर्श र सिद्धान्त बोकेका राप्रपा र राप्रपा नेपालबीचको एकीकरणको एउटा पक्षले सिद्धान्त नछोडेसम्म सम्भव छैन, अहिले त्यो छोडिहाल्ने अवस्थामा कोही पनि देखिएको छैन ।