लन्डन- परोपकारी परियोजना अन्तर्गत गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियाले नौ जिल्लाका प्रत्येक विद्यालयमा अक्षय कोष खडा गर्न सहयोग गरेको छ । नेपालका न्युन आय भएका परिवारका जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने योजना अनुसार नेपालका नौ वटा जिल्लाका विद्यालयहरुमा एक अक्षय कोष खडा गर्नको लागि प्रत्येक विद्यालयालाई रु १ लाखका दरले सहयोग प्रदान गरिएको जनाइएको छ ।
एनआरएन सचिवालयमा आयोजना गरिएको एक कार्यक्रम वीच गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले सो रकम हस्तान्तरण गर्नु भयो । उहाँले गैरआवासीय नेपाली संघले विभिन्न एनसिसिहरुको सहयोगमा नेपालको विविध क्षेत्रहरुमा परोपकारी तथा सामाजिक कार्यहरु गरिरहेको बताए ।
सहयोग गरिएका विद्यालयहरुमा श्री दुर्गा मावि – ताप्लेजुङ, राष्ट्रिय प्राथमिक विद्यालय – सप्तरी, बच्छला मावि – नुवाकोट, मंडली मावि – धादिंग, जनज्योति मावि – लम्जुङ, प्रभात प्राथमिक विद्यालय – काश्की, श्री रारा आवासीय विद्यालय – बाँके, थिगेल्नी देवी आधारभूत विद्यालय ( कालिकोट र चन्द्र नाथ प्राथमिक विद्यालय बाजुरा रहेका छन् ।






