लण्डन आइपुगे विवेक र श्रेया

लण्डन । भोइस अफ नेपालका विवेक वाइवा लामा र श्रेया राई लण्डन आइपुगेका छन् । लामा र राई संगै नेपाल तरुण दल सुनसरीका अध्यक्ष एबम समाजसेबी युवा नेता सिजन गुरुङ्ग तथा अन्जु गुरुङ पनि विभिन्न शहरमा आयोजना हुन लागेको कार्यक्रमका लागि बिशेष अतिथिको रुपमा सहभागी हुन लन्डन आइपुगेका छन् ।

लामा र राई क्याडेन्जा यूके नेपाल इन्टरटेनमेन्टको आयोजनामा बेलायतका विभिन्न ७ शहरमा आयोजना हुने भोइस अफ नेपाल यूके कन्सर्टमा प्रस्तुति गर्न उनीहरु बेलायत आएका हुन् ।

यस अघि गत बुधबार राती एक जम्बो टोली भोइस अफ नेपालका विजेता सिडी विजय अधिकारीका साथै अरु प्रतियोगीहरु सिर्जे थपलिया, कुशल आचार्य ,सप्तक दुतराज र सुरेखा क्षेत्रीको साथमा होस्ट सुशील नेपाल र निर्देशक मिलन सिलवाल बेलायत आइपुगेका छन् ।

बेलायत आइपुगेको भोइस अफ नेपालको टोलीलाई स्वागत गर्न क्याडेन्जा यूकेका प्रमुख सल्लाहकार एबम एनआरएन यूकेका उपाध्यक्ष प्रेम गाहा मगर लगायत क्याडेन्जा यूके आबद्ध युवाहरु पबन राइ एन्डी राइ समुह हिथ्रो विमानस्थल पुगेका थिए ।

भोइस अफ नेपालका विजेताहरुसहितका यी ७ प्रतियोगीहरुको समुहले लाइभ ब्याण्डको साथमा बेलायतका दर्शकहरुमाझ प्रस्तुति गर्दैछन् । यी कन्सर्टहरु सुशील नेपाल र बेलायतमै बस्दै आएकी कलाकार होस्ट सुस्मिता थापाले होस्ट गर्दैछन् । उनीहरुको पहिलो कार्यक्रम यहि शनिबार सांझ फोक्सटनको हकिञ्ज कम्युनिटी सेन्टरमा हुंदैछ ।

त्यसपछि फेब्रुअरी १७ मा फार्नबरो, १८ मा बर्मिङहम, २३ मा लण्डन फेल्थाम, २४ मा प्लमस्टिड, मार्च १ मा ननिटन र मार्च ३ मा रेडिङमा कन्सर्ट आयोजना हुनेछन् ।

कन्सर्टको तयारी पूरा भइसकेको र टिकट अहिले धमाधम बिक्री भइरहेको आयोजक क्याडेन्जा यूकेका मार्केटिंग तथा पिआर निर्देशक धिरज राईले विमानस्थलमा लन्डन नेपाल न्युजका सम्पादक शिब भण्डारी संग बोल्दै जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *