लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुल आचार्यले संसदीय समितिबाट पारित गैरआवासिय नागरिकताबारे केही प्रावधान सच्याउनु पर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन २०६३ मा एनआरएन नागरिकता माथिको संशोधन प्रस्तावलाई पारित गरेसँगै आचार्यले सवै दुतावासमा नागरिकता प्राप्त गर्न निवेदन दिन पाउने गरी बिद्येयकमा ब्यवस्था गर्दा सवैलाई सहज हुने बताएका हुन ।

समितिको सोमबार बसेको बैठकले एनआरएनएले उठाएका केही चासो र गुनासोसमेतको सम्बोधन गर्दै संसोधन प्रस्ताव पारित गरेको थियो । संसोधन प्रस्तावको दफा ७ क देखि ङ सम्म गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने भन्ने विषय बस्तु माथि छलफल गरेर टुंगो लागेको हो । बैठकले गैरआवासीय नेपाली नागरिकता सम्वन्धि विषय बस्तुलाई मात्र किनारा लगाए पनि नागरिकता सम्वन्धमा अन्य विषयमा भने छलफल बाँकी रहेको छ ।
गैरआवासिय नेपालीलाई दिइने नागरिकताका सम्बन्धमा विधेयक मस्यौदामा राजनीतिक अधिकारबाहेकको नागरिकता दिने भन्ने शब्दावली उल्लेख गरिएको थियो । तर सो शब्दावलीलाई हाल परिमार्जन गरेर संविधान बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेछन्’ भन्ने व्यवस्था गरिएको छ ।
यस्तै, गैरआवासिय नेपालीले नागरिकता लिनलाई गृह मन्त्रालय नै आउनुपर्ने र त्यसमा पनि नेपाली नागरिकता प्रमाणपत्र त्यागेको व्यहोराको पत्र विदेशबाटै ल्याएर पेश गर्नुपर्ने विधेयकमा उल्लेख थियो । सो बारे मस्यौदा ड्राफ्ट गर्ने क्रममा गलत बुझाइ रहेकाले अहिले परिमार्जन गरिएको समितिका सदस्यहरुको भनाई छ ।
पारित बिद्येयकमा गृह मन्त्रालय वा गृह मन्त्रालय मातहताका निकायहरुबाट गैरआवासिय नागरिकता लिन सकिने व्यवस्था गरिएको छ । त्यसका लागि विदेशमा नागरिकता त्यागेको भन्ने प्रमाण ल्याउनु पर्ने नभई स्वदेशबाटै सो व्यहोराको पत्र लिएर पेश गर्नुपर्नेछ । एनआरएनएका उपाध्यक्ष कुल आचार्यले यसलाई अझै सहज बनाउन बिदेशी दुतावासबाट राहदानी लिन निवेदन दिन पाउने जस्तै ब्यवस्था नागरिकताको सवालमा पनि हुनुपर्ने बताए ।
‘खास गरी नागरिकता प्राप्त गर्न नेपाली बोल्नु पर्ने, गृह मन्त्रालयबाट मात्रै नागरिकता लिन सकिने जस्ता प्रावधानहरु हटाई दिए अहिलेको जमाना सुहाउदो र सजिलो पनि हुने थियो। यो कुरा हामीले सांसदज्युहरुसम्म पुराई सकेका छौ । तर पनि प्रकृया पुरा हुन धेरै बाँकी छ र निर्णय हुनु पर्ने बिषय पनि धेरै नै छन,’ उपाध्यक्ष आचार्यले भने । उनले संसदबाट पारित बिद्येयकमा थुप्रै सकारात्मक पाटो रहेपनि केही बिषय मिलाउनु पर्ने बताए ।
‘संविधानले ब्यवस्था गरे अनुसार हामी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने अन्तिम पलमा पुगेका छौँ । गैरआवासीय नेपाली नागरिकताको ब्यवस्था सहित सरकारले संसदमा पेस गरेको नागरिकता ऐन संसोधन बिधेयक सम्बन्धित समितिमा छलफल भएर अन्तिम निष्कर्षमा पुग्दैछ । यसै क्रममा एनआरएनसँग सम्बन्धित बिषयहरुले बिशेष महत्व पाएका छन् र संसदका सम्बन्धित समितिका पछिल्ला बैठकहरुले जसरी हाम्रो बिषयलाई सकारात्मक रुपमा लिएका छन् यसले हामीलाई थप उत्साही बनाएको छ,’ आचार्यको भनाई थियो ।
उपाध्यक्ष कुल आचार्यले सामाजिक सञ्जालमार्फत पनि आफ्नो धारणा राखिसक्नु भएको छ । उनले आफ्नो फेसबुकमार्फत एनआरएनमाझ धारणा सार्वजनिक गरेको हो ।
यस्तो छ आचार्यको धारणा ;
साथीहरु, संविधानले ब्यवस्था गरे अनुसार हामी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने अन्तिम पलमा पुगेका छौँ । गैरआवासीय नेपाली नागरिकताको ब्यवस्था सहित सरकारले संसदमा पेस गरेको नागरिकता ऐन संसोधन बिधेयक सम्बन्धित समितिमा छलफल भएर अन्तिम निष्कर्षमा पुग्दैछ । यसै क्रममा एनआरएनसँग सम्बन्धित बिषयहरुले बिशेष महत्व पाएका छन् र संसदका सम्बन्धित समितिका पछिल्ला बैठकहरुले जसरी हाम्रो बिषयलाई सकारात्मक रुपमा लिएका छन् यसले हामीलाई थप उत्साही बनाएको छ ।
खास गरी नागरिकता प्राप्त गर्न नेपाली बोल्नु पर्ने, गृह मन्त्रालयबाट मात्रै नागरिकता लिन सकिने जस्ता प्रावधानहरु हटाई दिए अहिलेको जमाना सुहाउदो र सजिलो पनि हुने थियो। यो कुरा हामीले सांसदज्युहरुसम्म पुराई सकेका छौ । तर पनि प्रकृया पुरा हुन धेरै बाँकी छ र निर्णय हुनु पर्ने बिषय पनि धेरै नै छन ।
खास गरी नागरिकता प्राप्त गर्न नेपाली बोल्नु पर्ने, गृह मन्त्रालयबाट मात्रै नागरिकता लिन सकिने जस्ता प्रावधानहरु हटाई दिए अहिलेको जमाना सुहाउदो र सजिलो पनि हुने थियो। यो कुरा हामीले सांसदज्युहरुसम्म पुराई सकेका छौ । तर पनि प्रकृया पुरा हुन धेरै बाँकी छ र निर्णय हुनु पर्ने बिषय पनि धेरै नै छन् । प्रकृया पुरा नभई सबै कुरा प्राप्त भयो भन्नु भन्दा पनि सिंगो संसदप्रति पूर्ण बिश्वास गर्दै अन्तिम घडीसम्म पर्खनु नै हाम्रो हितमा होला । धन्यवाद ।
कुल आचार्य
उपाध्यक्ष
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्






