लण्डन । चार्ल्टन नेपाली समाजको तीज विशेष कार्यक्रममा यहि अगस्ट १३ तारिखमा भब्य रुपमा हुने भएको छ ।
नेपालका रास्ट्रिय कलाकारहरुले प्रस्तुति गर्ने भएका छन् । सो कार्यक्रममा लोकदोहोरी गायक सन्तु थापा र गायिका रुपा घर्ती मगरको साथै स्थानीय कलाकारको पनि विशेष प्रस्तुति रहने समाजकी प्रवक्ता सिता अर्यालले जानकारी दिइन् ।
चार्ल्टनस्थित चार्ल्टन म्यानर स्कुलको हलमा दिउँसो ३ बजेदेखि सुरु हुने कार्यक्रम राति सम्मै चल्नेछ । त्यस अवसरमा आमन्त्रित कलाकारका प्रस्तुति बाहेक डिजे नृत्यको पनि कार्यक्रम छ ।
यसै बीच डिजे हेम विस्टले तीजका दर्जनौं गीतहरुमा दिदिबहिनीलाई नचाउनेछन् । कार्यक्रममा सहभागिताका लागि वयस्कलाई १० र बालबालिकालाई ५ पाउण्डको टिकट राखिएको छ । कार्यक्रमबारे थप जानकारीका लागि समाजकी प्रवक्ता सिता अर्याल , कोषाध्यक्ष रेखा खरेल र सदस्य सुमित्रा पुनलाई सम्पर्क राख्न आग्रह गरिएको छ ।
तिजको बिशेष दरको प्रबन्ध माउन्टेन भ्यु रेस्टुरेण्टको तर्फबाट समाजसेबी दासु पाण्डेको व्यवस्थापनमा रहने आयोजक समाजका अध्यक्ष टंक कंडेलले लन्डन नेपाल न्युज डटकम संगको टेलिफोन कुराकानीमा बताउनु भयो ।
समाजका अध्यक्ष टंक कंडेलले लन्डन नेपाल न्युज डटकम संगको भिडियो रिपोर्ट हेर्नुस:—







