राजनीतिमा लागेकी चर्चित नायिका रेखा थापाले पार्टी बदलिन्

काठमाडौं– केहि महिनाअघि मात्रै माओवादी परित्याग गरेर राप्रपामा प्रवेश गरेकी चर्चित नायिका रेखा थापाले फेरि पार्टी बदलेकी छिन् । थापा पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)मा लागेकी हुन् ।
राप्रपाको केन्द्रीय सदस्य थापाले मंगलबार मध्यान्ह निर्वाचन आयोगमा पुगेर आफ्नो समर्थन राणालाई रहेको भन्दै नाम सनाखत गराएकी छिन् ।
आइतबार राणाले पार्टी फुटाएर निर्वाचन आयोगमा निवेदन दिएपछि थापाले पनि राणालाई समर्थन गर्दै नाम सनाखत गराउन आयोग पुगेको राप्रपा प्रजातान्त्रिकका नेता सगुन सुन्दर लावतीले बताए ।
यस विषयमा रेखासाग प्रतिक्रिया लिन सम्पर्क गर्दा भने फोन उठाइनन् ।
राप्रपा प्रजातान्त्रिक निकट स्रोतका अनुसार निर्वाचन आयोगमा हालसम्म ७० जनाको हाराहारीका सांसदसहितका केन्द्रीय सदस्यले आफ्नो नाम सखनाखत गराएका छन् ।