जर्मनीमा गोरखालीहरुको ऐतिहासिक प्रथम भेला हुँदै

जर्मनी – नेपालको गोरखा जिल्लाबाट यूरोपका विभिन्न ठाउँमा गई बसोबास गरिरहेका युरोपभरिका गोरखालीहरु जर्मनीमा भेला हुने भएका छन् । आफना जिल्लाबासीलाई एकै ठाउँमा भेला गराएर यूरोपभरिका गोरखालीहरुबीच एक आपसमा आपसी सद्भाव, एकता कायम गर्ने उद्देश्यअनुसार भेला हुन लागेका हुन ।

जर्मनबासी तथा एनआरएन आइसिसी संरक्षक राम प्रताप थापा , आइसिसी उपाध्यक्ष कुमार पन्त र बासु आर्यालको अगुवाईमा फेब्रुअरी २ तारिख मा गोजस स्थापना र ३ तारीख गोस यूरोप स्थापनाको विषयमा छलफल हुने भब्य र महत्वपूर्ण भेला हुन लागेको हो । कार्यक्रम फ्रेंकफर्टको होटेलमा हुने भएको छ ।

कार्यक्रममा एनआरएन आइसिसी अध्यक्षसमेत रहेका गोरखाका भवन भट्टसमेत आउने जनाइएको छ ।  यूरोपको केही देशमा गोर्खाली समाज स्थापना भई सकेको छ । तर सबै ठाउँमा भने स्थापना हुन सकेको छैन ।

गोरखा जिल्ला समाज यूकेका उपाध्यक्ष एवं समाजसेवी हेम गुरुगंले बेलायतबाट पनि विशेष टोली जर्मनीतर्फ जाने तयारीमा लागेको लन्डन नेपाल न्यूज डटकमका शिव भण्डारीसँग कुराकानीमा जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *