File Photo
जनकपुरधाम- धनुषाको सबैला नगरपालिकास्थित बल्टिया कोठिया भन्ने ठाउँमा शुक्रबार साँझ करिब साढे ७ बजे जन्ती बोकेको गरेको बसमा करेन्ट लाग्दा ९ जना जन्तीको घटनास्थलमै मृत्यु भएको छ।
विद्युतको पोलमा प्रवाह भइरहेको ११ हजार भोल्टको तारले ना ५ ख १७५२ नम्बरको जन्ती बोकेको बसमा छुँदा घटनास्थलमै ९ जना जन्तीको मृत्यु भएको हो।
सिरहाको कमलाखोरबाट धनुषाको बल्टिया कोठियामा जन्ती बोकेर आउँदै गरेको बसले ११ हजार भोल्टको तार छोएपछि बसभरि नै करेन्ट प्रवाह भएको र बसमा सबारमध्ये ९ जनाको मृत्यु भएको तथा अन्य दर्जनौं गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।






