भारतमा ७० औं गणतन्त्र दिवस मनाइँदै

The Indian tricolour national flag is seen flying above the Mantralaya state secretariat building in Mumbai on September 27, 2012. AFP PHOTO/ INDRANIL MUKHERJEE (Photo credit should read INDRANIL MUKHERJEE/AFP/GettyImages)

काठमाडौं– मित्रराष्ट्र भारतले शनिबार ७० औं गणतन्त्र दिवस मनाइँदैछ ।
हरेक वर्ष २६ जनवरीका दिनलाई भारतले गणतन्त्र दिवसको रुपमा मनाउँदै आएको छ । सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो । वृटिश साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा भारतभरी तथा उसका दूताबास भएका देशमा समेत यो दिवस मनाउने गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । भारतले नेपालमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *