छाया सरकार मन्त्रीका दाबेदारमा सांसदले रुचि देखाएनन्

काठमाडौं– सरकारको निगरानी गर्न कांग्रेसले गठन गर्न लागेको छाया सरकारमा मन्त्री बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन् ।

रुचि भएका तीन वटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदासमेत ६३ मध्ये १० सांसदले मात्रै नाम टिपाएका छन् । सांसदलाई नाम टिपाउन कांग्रेसले एक हप्ताको समय दिएको थियो ।

संसदीय दलको २४ पुसको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रालयको काम–कारबाही नजिकबाट निगरानी गर्न छाया सरकार गठन गर्ने निर्यण गर्दै नाम टिपाउन सांसदलाई आग्रह गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *