लन्डन -शर्मिला पछाई क्षेत्रीको याँ आधुनीक गीत सार्वजनीक भएको छ । क्षेत्रीको स्वरमा सजिएको नयाँ आधुनिक गीत ऐशेंलु पाक्यो‘ लेखैमा,कोदो फुल्यो पहाडमा बोलको म्युजिक भिडियो सार्वजनीक भएको हो ।

लण्डन स्थित स्टाण्ड वेल रेकर्दिंगमा रेकर्ड गरिएको यो गीतलाई पाल्पा हुँगीमा जन्मेर विगत एक दसकदेखि बेलायतमा बस्दै आएकी शर्मिला पछाई क्षेत्रीले निकै मिठो स्वरमा गाएकी छिन । सामाजीक कार्यमा निकै सक्रिय क्षेत्रीले गायिका जलजला परियारको मृगौला उपचारार्थ, गायक अशोक दर्जीको घर निर्माणार्थ, मिसेज युके नेपालको संयोजकत्वमा नेपालका अपाङ्गहरुको लागी १० लाख उठाउनेजस्ता काम गरिसकेकी छिन् । आफ्नो गाउँ हुँगीमा एम्बुलेन्स खरिद गर्दा बिशेष सहयोग गर्दै आफनो रुचीको विषय गीत संगीतलाई अगाडि बढाीरहनु भएको छ ।

शर्मिलाले विभिन्न कभर गीत गरिसके पछि यो अफिसियल म्युजिक भिडियो सहित आएका हुन । भ्याुजिक भिडियोमा विपना राई, संगीतमा सुनिल राई, लयमा निरज श्रेष्ठ, छायाँकनमा अजय रेग्मी, सिएडीमा समिर ठोकर, पोष्ट प्रोडक्सन, पिक्चर, सम्पादन र निर्देशनमा क्रान्ति केसीले गरेका छन् ।

गायिका शर्मिला पछाईको युके पार्टको छायाँकनमा राजेन्द्र पौडेल, कोरियोग्राफीमा सरु राना गुरुङ तथा मिसेज युके बिजेता २०१७ आस्था जोशी, सम्भावी खड्कालगायतको विशेष सहयोगमा भिडियो तयार पारेको हो ।

क्रिसमस तथा नयाँ बर्षको पूर्वसन्ध्याको अवसर पार्दै बुढा सुब्बा म्युजिक प्रा। लि।ले सो भिडियो सार्वजनीक गरेको हो । गीतमा नायिका शिल्पा पोख्रेल र बिक्रम बुढाथोकीले अभिनय गरेका छन् । गीतले युट्युबमा राम्रो कमेन्ट अनि प्रशंशा पाइरहेको देखिन्छ । क्षेत्री मिसेज युके नेपाल २०१७ पब्लिक च्वाईस टाईटल बिजेता हुन ।

फेसबुक कमेन्ट