सिड्नी । गैह्र आवासिय नेपाली संघ अष्टेलियाले आयोजना गरेको नेपाल फेस्टिवल सिड्नीको तयारी अन्तिम चरणमा पुगेको छ । यही नोभेम्बर २४ शनिवार डार्लिङ हार्बरस्थित तुम्बालोङ पार्कमा हुने फेस्टिवलको लागि कार्यक्रमस्थलमा नेपाली कला-संस्कृति झल्किने ब्यानरसहित नेपाली झन्डाहरु राखिएका छन् । महोत्सवको अवसर पारेर भगवान बुद्ध, स्वयम्भु, कुमारी अंकित झन्डाहरु केही दिन अघिदेखी नै राखिएका हुन् ।
कार्यक्रममा कलाकारहरु राजेशपायल राई, पशुपति शर्मा, मंजु पौडेल तृष्णा गुरुङ, आँचल शर्मा, विश्व नेपाली लगायतका साथै स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ ।






