काठमाडौं– २०७२ साल बैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको धरहराको पुनर्निर्माणको काम आजबाट औपचारिक रुपमा सुरु हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहका बीच धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । सो क्रममा नेकपा अध्यक्ष प्रचण्ड, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।
नयाँ बन्न २२ तले धरहरा आधुनिक र सुविधासम्पन्न हुने बताइएको छ । धरहरा बनाउन सरकारले २४ रोपनी क्षेत्रफल जमिन छुट्याएको छ ।
धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु थपिनेछन् ।
विक्रम्सम्बत १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तला बनाइएको थियो ।
प्राधिकरणले धरहरा निर्माणको जिम्मा जीआईईटीसी (रमन जेभी) लाई दिएको छ ।






