“म्यासाचुसेटमा नेपाली साँझ”

अमेरिका- अमेरिकाको म्यासाचुसेटको पश्चिम स्पृङ्फिल्डमा एस ए एन्टरटेनमेन्टले आयोजना गरेको “नेपाली साँझ २०१८” कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

चर्चित गायक जगदिश समाल, अरुण उपत्यकाकट्ठ गायिका पुस्तका खड्का र कमेडिएन अर्जुन दाहालको बेजोड प्रस्तुती रहेको उक्त कार्यक्रममा अन्य अतिथि तथा स्थानिय कलाकारहरुले प्रस्तुती देखाएका थिए ।

गायक जगदिश समालले आफ्ना तथा अन्य गायकका काल्जायी गीत प्रस्तुत गरेका थिए भने, पुस्तका खड्काले वारी तुवाँलो पारी तुवाँलो,सँगिनी गायर दर्शक नचाएकी थिइन । अर्जुन दाहालको ब्यङ्गले अमेरिकादेखि नेपाल सहितका विषयमाथि झटारो मात्र हानेन , प्रस्तुतीले पेट मिचिमिची हाँस्न बाध्य गराएको थियो ।

कार्यक्रमको अन्तमा ग्लोबल सुपर्मार्केटक सञ्चालक समूहका कमल दाहाल सहित स्थानिय समाजसेवी तरन तिवारीलगायतले कलाकारहरु र स्वंमसेवकहरुलाई मायाँको चिनो बितरण गरेका थिए । उक्त कार्यक्रम विश्व साइकल यात्री सौरभ दाहालले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *