लन्डन। चर्चित लोक दोहोरी गायक राजन कार्की बेलायत आईपुगेका छन् । स्याङ्जा समाज युकेको निमन्त्रणामा बिहिवार विहान बेलायत आएका उनलाई लण्डन हिथ्रो विमानस्थलमा सस्थाको तर्फबाट अध्यक्ष शारदा गुरुङ,सल्लाहाकार नारायण गुरुङ,मिडिया संयोजक रविन (एलबीजेड) गुरूङ लगायतले स्वागत गरेका थिए ।
बेलायतमा हुने विभिन्न कार्यक्रममा गायक कार्कीलेआफ्नो प्रस्तुती दिने भएका छन् । बेलायत उत्रिए लगत्तै लण्डन नेपाल न्यूजसगं कुराकानी गर्दै कार्कीले पहिलो पटक बेलायत आउन पाउँदा निकै खुसी लागेको बताए । उनले आफुलाई लण्डनमा हुने सागींतिक कार्यक्रममा सहभागी हुने अवसर दिएको प्रति स्याङ्जा समाज युकेलाई आभार व्यक्त गरे ।
उनले समाजका अध्यक्ष सार्दा गुरुङ, बरिस्ठ डेभिड गुरुङ महा सचिब बलराम ढकाल लगायत सस्थाका सम्पूर्ण पधादिकारिको पहलमा आफु बेलायत आएको जानकारी दिए । गायक कार्कीको आगमनलाई समाजका बरिस्ठ सल्लाहाकार डेभिड गुरुङ्गले कलाकारहरु राष्ट्रका गहना हुन् भन्दै गायक कार्कीलाई बेलायतमा वाम वेलकम भनेका छन् ।

को हुन् राजन कार्की ?
स्याङ्जा जिल्लाको आँधिखोला गाउँपालिका २ स्याजा बिचारी चौतारीमा जन्मिएका कार्की चर्चित नेपाली लोक गायक र कमेडियन समेत हुन् ।
बुबा पदम बहादुर कार्की र आमा टेक कुमारी कार्कीको कान्छो छोराको रुपमा जन्मिएका उनले झण्डै १० वर्ष पोखराको रेडियो सराङ्कोटमा समेत काम गरेका थिए ।
नेपालका १ सय भन्दा बढी चर्चित कलाकारको क्यारिकेचर एवम् अभिनय गर्ने उनी लामो सघंर्ष र मेहनत पश्चात सफल कलाकारको रुपमा आफुलाई स्थापित गराएका छन् । पछिल्लो समय गीत सगींत सगैं उनले अध्यापन समेत गराउँछन् । उनी सगंीतका शिक्षक हुन्।
उनको पहिलो एल्बम “आँसु नझार” हो । त्यसपश्चात उनका “पान खायो मायाले चुना हालेर”,“सुर्ती माडेर”,“दिलमा बसेर”,“मैले मात्रै सम्झेर के होला”,आधुनिक गीत “तिमीसगं नजर जुधाई” लगायतका गीत चर्चित छन् ।
उनले बहराईन,कतार,जापान लगायतका देशमा आफ्नो सागींतिक प्रस्तुतीका लागि वैदेशिक यात्रा गरेका छन् । कार्कीका दुई छोरा छोरी र श्रीमती छन् ।
गीतसगींतको प्रेरणाको श्रोतको रुपमा उनले बरिष्ठ लोक गायक विष्णु खत्रीलाई मान्छन् । खत्रीकै सगंतले आफुलाई सफल सगींतकर्मी एवम् गायक बनाएको कार्कीको भनाई छ । लोक गीतसगींत क्षेत्रमा अथाह सघंर्ष र मेहनतले हाल उनी स्थापित कलाकारको रुपमा परिचित भएका छन् ।






