हङकङमा एनआरएन एसिया प्याशेफिकको छैठौ तथा प्रथम महिला सम्मेलन शूरु

किरण बुढाथोकी /हङकङ

गैर आवासीय नेपाली संघ एसिया प्याशेफिकको छैठौ क्षेत्रीय सम्मेलन तथा प्रथम महिला सम्मेलन हङकङमा शूरु भएको छ । एनआरएन हङकङले बाजागाजाका साथ भब्य रुपमा पाउनाहरुलाई स्वागत गर्दै उद्घाटन गरिएको हो । नेपाल सरकारको तर्फबाट कृषि मन्त्री चक्रप्राणी खनालले सम्मेलनको उद्घाटन गर्नुभयो ।

सम्मेलनमा आयोजक समितिको तर्फबाट एनआरएन हङकङ अध्यक्ष राधिका गुरुगं (टिका ) ले कार्यक्रमबारे जानकारी गराउनुभयो भने एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महत्तो र पूर्व अध्यक्ष शेष घले, वर्तमान अध्यक्ष भवन भट्टले मन्तब्य राखीसक्नु भएको छ । अहिले उद्घाटन सत्रमामा विभिन्न वक्ताहरुले मन्तब्य राखीरहनु भएको छ । सम्मेलन तथा बैठक हार्वर ग्राण्ड कौलँन होटल शूरु भएको हो ।

सम्मेलनमा अहिलेसम्म एनआरएन आइसिसीको तर्फबाट उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य, महासचिव बद्री केसी, ओसनीय क्षेत्रका क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरएन युरोप क्षेत्रका क्षेत्रीय संयोजक शिवकुमार बरुवाल, एनआरएन प्रवक्ता भुषण घिमिरे, एनआरएन युवा संयोजक सुदन थापा, एनआरएन महिला उपाध्यक्ष सपिला राजभण्डारी, महिला फोरम संयोजक रजनी प्रधान, एनआरएन बेल्जियम अध्यक्ष लोकप्रसाद दाहाललगायतको सहभागिता छ । साथै विभिन्न एनसिसीबाट तीन सय भन्दा बढी प्रतिनिधि सहभागि हुनुहुन्छ । आजै सम्मेलन नयाँ घोषणापत्र जारी गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *