काठमाडौं- सरकारले ललितपुरको भैंसेपाटीमा संसद आवास गृहसहित ४१ वटा भवन बनाउने निर्णय गरेको छ। सैंवु आवास क्षेत्रमा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीहरूको निम्ति २७ वटा यस्ता भवन बन्ने भएका छन् ।
प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालयका निम्ति अर्को १४ वटा भवन बनाउने निर्णय गत सोमबार बसेको मन्त्रीपरिषद्ले गरेको छ ।
बिहीबार सञ्चार मन्त्री तथा सरकारकार प्रवक्ता गोकुल बास्कोटाले सार्वजनिक गरको उक्त निर्णय अनुसार ४१ वटै भवन बनाउन १४९ रोपनी चार आना ३ दाम जग्गा छुट्याईएको छ ।
यस्तो संसद आवास बनाउन सरकारले निर्णय गरेकोले अब सहरी विकास मन्त्रालयले कार्यक्रम तय गरेर आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ ।
आवास गृह दुई वर्षभित्र बनाइसक्ने गरी तयारी गरेको सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बताए ।
उनले भने आवश्यक डिजाइन र निर्माण मोडालिटि तय गरेर यो योजनालाई अगाडि बढाउने काम मन्त्रालय अन्तर्गतकै सहरी विकास तथा भवन निर्माण विभागबाट हुने छ ।






