लन्डन। विदुषी माता सपना देवी श्रेष्ठ सम्मानित हुनु भएको छ ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वाचन साधिका विदुषी माता सपना देवी श्रेष्ठ थाईलैण्डमा अन्तरास्ट्रिय अवार्डबाट सम्मानित हुनु भएको हो ।

थाईलैण्डमा एक अन्तरास्ट्रिय संस्था तोन्वुन विशाखा फाउन्डेसन बाट आयोजित धार्मिक एवं सामाजिक अवार्ड कार्यक्रममा सम्मान प्रदान गरेको हो । विदुषी माता श्रेष्ठ २०३३ सालमा काठमाडौंको साखु सालिनदीमा जन्मनु भएको हो उहाँ करिब २० बर्ष अगाडिदेखि श्रीमद्भभागवत वाचन गर्दै आउनु भएको छ ।

तारतम वाणी , भागवत पुराण, वेद, गिता लगायत हिन्दु शास्त्रहरुको विशिष्ट अध्यन गर्नु भएकी माता देवीले आफ्नो कार्यक्रमको संकलित रकम बाट भौतिक निर्माण क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउदै आउनु भएको छ । नेपालमा मात्र नभई बिदेशका करिब २७ रास्ट्रमा आफ्नो धार्मिक कार्यक्रम गरिसक्नु भएको छ ।

अहिलेको अस्तब्यस्त समाजमा आध्यात्मिक ज्ञानको माध्यम बाट सक्षम समाज र हिंसारहित,समुन्नत समाज बनाउने अभियानमा लाग्नु भएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपालीको प्रखर वक्ता समेत रहनु भयकी माताले आफ्नै अध्यक्षता सालिनदी काठमाडौंमा एक आश्रम समेत निर्माण गर्नु भएको छ ।

यसै बीच माता श्रेष्ठका सहयोगी एवं देश तथा विदेशमा वैदिक सनातन धर्मको प्रचारप्रसार कार्यक्रम संयोजन र व्यवस्थापनमा अब्बल केदार तिमल्सिना पनि माता सपना देवी संगै थाईलैण्डमा यस अवार्ड’ कार्यक्रममा उपस्थित हुनु भएको थियो ।

धार्मिक क्षेत्र बाट अन्तरास्ट्रिय अवार्ड प्राप्त गर्ने उहाँ नेपालकै प्रथम एवं बिश्वकै पहिलो महिला हिन्दु धार्मिक नेत्री हुनुहुन्छ । धार्मिक क्षेत्र बाट सामाजिक योगदान पुर्याउने माता सपना देवी लाई Toonbon Visakha फाउन्डेसन शाखाको सहयोगमा नेपालका लागि संयोजक विजय अवालेको पहलमा यो सम्मान प्रदान गरिएको थियोे ।

फेसबुक कमेन्ट