फोटो :एजेन्सी
एजेन्सी : ३० वर्ष पुग्नुअगावै विवाह गर्ने घोषणा गरेकी हलिउड नायिका तथा गायिका लिन्डसे लोहन अहिले २९ वर्षकी भइन् तर उनको विवाह कोसँग हुँदैछ भन्ने जिज्ञासा मेटिएको छैन।
सानै उमेरमा आफ्नो मेहनतबाट आर्थिक रूपमा अब्बल र विश्वविख्यात सेलिब्रेटी बने पनि उनको जीवन विवादरहित बन्न सकेन। लागूऔषधको लतमा फसेकी उनी त्यही कारणले जीवनमा धेरै उतारचढावको सामना गर्न बाध्य भइन्।
कतिसम्म भने लन्डनस्थित एक डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुमभित्र छिरेर निर्वस्त्र भई बाहिर निस्केर चिच्याउँदै सडकमा दौडिएकी थिइन् उनी। उनको हर्कत सहन नसकेर स्टोर मालिकले प्रहरी गुहार्नु परेको थियो।
आफ्नै आमाको सहयोगीसँग शारीरिक सम्बन्ध राखेको आरोपमा पक्राउसमेत परेकी लिन्डसेको नाइट क्लबमा हुने बोल्ड शैलीले सञ्चारमाध्यममा निकै स्थान पाउने गर्छ। हलिउडका अन्य सेलिब्रेटीजस्तै बिन्दास जीवन उनको अर्को विशेषता हो।
लगभग तीन दर्जन व्यक्तिसँग नाम जोडिएकी उनी शारीरिक सम्बन्धलाई मोजमस्तीका रूपमा लिने सेलिब्रेटीमा पर्छिन्। उनका नाम जोडिएकामध्ये तीनजना महिला पनि छन्। डीजे समन्थ रोनसोन नामक महिलासँग त उनको एक वर्ष सम्बन्ध रहेको थियो।

नसाको सुरमा उत्तेजित भएर समलिंगी सम्बन्ध राख्ने गरेको प्रमाणित नै भएको थियो। एकपटक गर्भपतन गराएको खुलासा गरेकी उनले कोबाट गर्भवती भएको भन्नेचाहिँ खुलाइनन्। त्यस बेला एउटा वृत्तचित्रको छायांकनमा गर्भपतन गराएकै कारण स्वास्थ्य राम्रो नभएर उनी छायांकनस्थलमै रोएकी थिइन्।
तीन वर्षको उमेरदेखि मोडलिङ सुरु गरेकी लिन्डसेको सपना ओस्कार अवार्ड हात पार्ने हो। बैंकिङ एवं पास्ता व्यवसायी बाबु र अमेरिकी पत्रिका ‘वाल स्ट्रिट जर्नल’की विश्लेषक आमामार्फत सानैमा आत्मविश्वासको महत्त्व बुझ्ने मौका पाएकी लिन्डसे टिन एजमै विख्वविख्यात सेलिब्रेटी बनेकी हुन्।
टिन च्वाइस अवार्ड, एमटीभी अवार्डलगायतका विभिन्न सम्मानित अवार्ड हात पारेकी उनको लोकप्रिय सिरिज ‘कन्फेसन अफ टिन एज ड्रामा क्विन’ले उनलाई प्रख्यात बनाएको हो।