मलेसिया –गैरआवासीय नेपाली संघ मलेसियामा महिला फोरम गठन गरिएको छ । मलेसियामा सुभद्रा लिङ्ग्देनको संयोजकत्वमा महिला फोरम गठन गरिएको हो । एनआरएन एसिया प्याशिफिक क्षेत्रीय महिला समिति संयोजक जुना गुरुङका अनुसार मलेसियामा ९ सदस्यीय महिला फोरम गठन गरिएको हो । फोरममा शान्ति थापा, श्रदा देवान (याख्या), श्याम कला तिवारी, अस्मिता शर्मा, मिरा गिरी, , सबिता बास्तोला, प्रबता गुरुङ, गितान्जली गुरुङलगायत रहनु हुन्छ ।
मलेसियामा एनआरएन महिला फोरम गठन






