लन्डन ।
बेलायतले ६ वटा विमानस्थलबाट सीधै बेलायत आउने उडानमा यात्रुहरुलाई ल्यापटप, ट्याबलेट, कम्प्युटर र गेम कन्सोलहरु आफ्नो साथमा लैजान निषेध गरेको छ।
आन्तरिक सुरक्षा विभागले आतंकवादीहरुले विमान ध्वस्त पार्ने नयाँ तरिकाहरु खोजिरहेको भन्दै ल्यापटप, ट्याबलेट, क्यामेरा, डिभिडी प्लेयर र विद्युतीय गेमहरुमा बम लुकाउन सकिने बताएको छ।
बेलायत सरकारले गरेको घोषणा अनुसार यात्रुले आफूसंगै लैजान सक्ने सामानमा ठूला विद्युतीय उपकरण राख्न पाउने छैनन्, तर फोन भने लान पाउनेछन्।






