काठमाडौं– काँग्रेसले प्रस्तावित विधान मस्यौंदामाथि आजबाट छलफल सुरु गरेको छ । विधानमाथि छलफल गर्न काँग्रेसले बोलाएको केन्द्रीय समितिको पहिलो दिनको बैठकमा ५ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् ।
विधान मस्यौंदा छलफलका लागि पार्टी कार्यलय सानेपामा बसेको पहिलो दिनको बैठकमा विधान संशोधन मस्यौंदा केन्द्रित रहेर केन्द्रीय सदस्यहरु डा.रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी र प्रदिप पौडेलले आ–आफ्नो धारणा राखेका हुन् । पहिलो दिनको छलफलमा केन्द्रीय सदस्य पौडेल र जोशीले विधानमा देखिएको असहमतिका विषयबारे व्याख्या गरेका थिए भने अन्य वक्ताले समग्र विधानको व्याख्या गरेका थिए ।
अर्को बैठक शुक्रबार विहान ११:०० बजे पुनः बस्ने काँग्रेसले जनाएको छ । यसैबीच काँग्रेसका जिल्ला सभापतिहरुको नुवाकोट भेला ३८ बुँदे प्रतिवेदन पारित गर्दै बिहिबारै सकिएको छ ।






