राजधानीको न्यूरोडमा भयानक दुर्घटना, १२ पैदलयात्रु घाइते

काठमाडौं– काठमाडौको न्यूरोडमा एक निजी नम्बर प्लेटको कारले पैदल यात्रुलाई ठक्कर दिँदा १२ जना घाइते भएका छन् ।

नेपाल बायु सेवा निगमको कार्यालय परिसरबाट बाहिर निस्कदै गरेको बा १८ प ४७७३ नम्बरको कारले ठक्कर दिएर घाइते भएका सबैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी बृत्त जनसेवाका डिएसपी टेकनन्दाइवा लिम्बुले जानकारी दिए ।

घटनालगत्तै कार चालक भेषराज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चालक पौडेलले कारमा ब्रेक नलाग्दा दुर्घटना भएको बयान दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *