लण्डन । बेलायतका नेपाली नर्स अाउँदो दुइ वर्षको नेतृत्वका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
गत बुधबारसम्म साँझ ६ बजेसम्म उम्मेदवारीको मनोनयन पत्र दर्ता गर्ने समयमा अध्यक्ष पदमा २ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षमा विनोदविकास सिंखडा र इन्दिरा बस्याल(तिवारी)को उम्मेदवारी परेको हो । सिंखडा बर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । त्यस्तै बस्याल संस्थापक सचिवब हुन् ।
नयां कार्यसमितिको उपाध्यक्ष पदकाका लागि तोकिएको समय-सीमा सम्म दुइ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्ष पदमा सुनिता गौतम (थापा) र गंगा साम्पांगको उम्मेदवारी परेको छ ।
महासचिव र कोषाध्यक्ष निर्विरोधः
महासचिव र कोषाध्यक्षमा तथा अरु सबै पदहरुमा भने एक एक जनाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएको छ ।
महासचिवमा रस्मिता सिंह दर्लामी,कोषाध्यक्ष बिनु लामिछाने, सांस्कृतिक सचिव राफी श्रेष्ठ, सहकोषाध्यक्ष आज्ञा खनाल तथा सदस्यहरु अञ्जना सापकोटा, रञ्जना केसी अधिकारी, कल्पना घिमिरे, ज्ञानु अधिकारी, शोभा बोहोरा, सरिता रिजाल र राजत्री पाण्डे थापा छन् ।
नयां नेतृत्वको निर्वाचन आउंदो शनिबार लण्डन साउथ हयारोस्थित गोल्डेनसिप रेस्टुराँको सभाहलमा गरिने भएको छ ।






