लण्डन । साहित्य चौतारी यूकेको नियमित मासिक साहित्यिक श्रृंखला अन्तर्गतको सत्रौं साहित्यिक श्रृंखला भब्यताका साथ सम्पन्न भएको छ । आइतबार साउथ ईस्ट लण्डनको वीलवीचमा आयोजना गरिएको साहित्यिक श्रृंखला कार्यक्रममा दुई दर्जन स्रष्टाले रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा आ आफ्ना कविता, गजल, मुक्तक लगायतका रचनाहरु वाचन गरिएको थियो ।
कार्यक्रममा स्रष्टाहरु वासु शर्मा, चन्द्र कार्की, खेमराज रानाभाट, सोफिया भट्टराई, केशवराज भट्टराई, रमेश दाहाल, गीता खरेल, गणेश खड्का, तिलक भट्टराई, विनोद न्यौपाने, फडिन्द्र भट्टराई, मञ्जु भण्डारी खरेल, हेमन्तराज पौडेल, राजेन्द्र खस, मदन पौडेल, मनु मल्ल रानाभाट, ललित न्यौपाने, प्रसुना कंडेल, रेखा खरेल, अर्कराज तिम्सिना, मोतिराज भण्डारी, गोकुल भण्डारी लगायतले आफ्ना सिर्जनाहरु प्रस्तुत गरेका थिए ।
स्कटल्याण्डबाट दुष्यन्त भट्टराईले पठाएको कविता समेत वाचन गरेर सुनाइएको थियोे। कार्यक्रमको संयोजन पत्रकार तथा कवि फडिन्द्र भट्टराईले गरेका थिए । वासु शर्मा संयोजक रहेको साहित्यिक चौतारी यूकेले हरेक महिना साहित्यिक कार्यक्रम गर्दै आइरहेको छ ।







