कतार । गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र कुमार (आरके) शर्मा रिहा भएका छन् । चार हप्तादेखि प्रहरीको नियन्त्रणमा रहेका संयोजक शर्मा बिहीबार छुटेको जनाइएको छ । शर्मालाई कतारको प्रहरीले नियन्त्रणमा लिएको थियो ।
गैरआवासीय नेपाली संघका अनुसार गत अक्टोवर १८ तारिखमा शर्मालाई कतारको सुरक्षा निकायले गिरफ्तार गरेर पारिवारिक लगायत कसैको पनि पहुँच र प्रत्यक्ष सम्पर्क भन्दा बाहिर राखेको थियो । यसअघि गैरआवासीय नेपाली संघले एक विज्ञप्ति जारी गर्दै शर्माको रिहाईको माग गरेको थियो । कतारमा दशैं अगाडि आयोजना गरिएको एक साँस्कृतिक कार्यक्रमको प्रस्तुतिका विषयलाई लिएर गिरफ्तार गरेको हो ।






