लन्डन ।साउथ इष्ट लन्डनमा रास्वपा प्रवास सम्पर्क विभाग बेलायतको आयोजनामा राष्ट्रिय स्वतन्त्र पार्टी सांसद सोविता गौतम सँग नेपाली समुदायले अन्तरक्रिया गरेको छ ।विहीबार प्लमस्टिडमा अन्तरक्रिया र भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
रास्वपा प्रवास विभाग यूके सभापति पवन शर्माको अध्यक्षता सम्पन्न औपचारिक कार्यक्रम नेपाल हाउसका वीरेन्द्र नेपालले व्यवस्थापन गरेका थिए ।
अन्तरक्रियामा उनले पूर्व गोर्खाका हकअधिकारका पक्षमा ऐक्यवद्धता सहित सहजीकरणको प्रतिवद्धता व्यक्त गरिन्। सांसद गौतमले नेपालको बर्तमान राजनीतिक अवस्था तथा पार्टीको निती धारणा बारे प्रकाश पारेकी थिइन् ।
रास्वपा प्रवास विभाग यूके सभापति पवन शर्माले सञ्चालन गरेको कार्यक्रममा जिगेसा अध्यक्ष हरिकुमार मल्ल, गोर्खा सत्याग्रह आबद्ध लेफ्टिनेन्ट याम गुरुङलगायतले पूर्व गोर्खाका समस्याबारे सांसद गौतमलाई जानकारी गराएका थिए।
बेलायतमा रहंदा सांसद गौतम वेल्स नेपाली भिलेज भ्रमण गर्ने तथा मिडल्यान्डमा अन्तरक्रिया कार्यक्रम गर्ने तयारी रहेको रास्वपा प्रवास सम्पर्क विभाग बेलायतका सभापति पवन शर्माले लन्डन नेपाल न्युजलाई बताए ।
सांसद गौतम व्यक्तिगत भ्रमणका शिलशिलामा गत सोमबार आफ्नो श्रीमानका साथ लन्डन उत्रिएकी हुन् ।काठमाडौँ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।






