‘मिसेस नेपाल यूके- २०१८’ को ताज विनु लामिछानेलाई (भिडियो सहित)

शिव भण्डारी

लन्डन- ‘मिसेस नेपाल यूके २०१८’ प्रतियोगिताको उपाधि विनु लामिछानेले पहिरिएकी छन् । यसपटक मिसेस नेपाल यूके २०१८ को लागि बेलायतका विभिन्न स्थान र विभिन्न पेशामा आवद्ध १३ सहभागीहरु प्रतिस्पर्धामा थिए । बुधबार साँझ लन्डन हयारोस्थित हयारो बरो फुटबल क्लबमा सम्पन्न प्रतियोगितामा प्रथम रनर अप बन्दना केसीभइन् भने सबु सेन्चुरी र सविना श्रेष्ठ सेकेन्ड रनरअप भएका हुन् ।

बेलायतमा दोश्रो पटक आयोजना गरिएको प्रतियोगितामा बिनु लामिछानेले नै पब्लिक च्वाइसको उपाधि जितिन् । विवाहित महिलाहरुको प्रतिभा उजागर र उनीहरु घरमा मात्र होइन, समाजमा समेत आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन् भन्ने दर्शाउन कार्यक्रम गरिएको आयोजक लन्डन फेशन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जनाइन् ।

लन्डनस्थित नेपाली दूतावासका उप प्रमुख शरद राज आरन प्रमुख अतिथि रहेको कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योग कुमार फगामी अतिथी दूतावासका थर्ड सेक्रेटरी तेजन्द्र रेग्मी ग्याम गुरुङ,दिपक श्रेष्ठ ,सुशील प्रजापति, बिराज भट्ट ,आरति श्रेष्ठ ,मैया देबी श्रेष्ठ ,माया गुरुङ ,डा. कपिल रिजाल ,हिराधन राई ,बिनोद बराल लगायत सहभागी थिए ।

प्रतियोगिताको निर्णायकमा सितु खरेल रोजिना प्रधान राई कुशल श्रेष्ठ ,डा.रजनी रिजाल ,स्वोएता हुसेन थिए । अन्तिम प्रतिस्पर्धामा सुनिता श्रेष्ठ,बन्दना केशी ,सबिना श्रेष्ठ ,सन्तोसी कार्की ,ज्योति गुरुङ ,सबु सेन्चुरी ,निरु कोइराला ,बिनु लामिछाने प्रतिस्पर्धी थिए ।

लन्डन फेशन हाउसले दोस्रो पटक भब्य रुपमा सम्पन्न गरेको यस प्रतियोगितामा मिसेस नेपाल यूके, फस्ट रनर अप, सेकेन्ड रनर अप, पब्लिक च्वाइस, फोटोजेनिक, क्याटवक, वेष्ट शेफ, ब्यूटी फर चेन्ज आदि टाईटल राखिएको थियो ।

विजेताहरुले म्युजिक भिडियो, विज्ञापन लगायत अन्य अवसर पाउने अयोजक संस्थाकी निर्देशक श्रेष्ठले बताइन् ।

कार्यक्रमलाई गत वर्षकी विजेता मिसेस नेपाल यूके २०१७ आस्था जोशीले संयोजन गरेकी हुन् । कार्यक्रमको विचमा सांगीतिक प्रस्तुतिमा सितु खरेल मिस लिटिल नेपाल यूके प्रतिष्ठा त्रिपाठी लगायत अन्य केही स्थानीय कलाकारले नृत्य ,गीत सहित सास्कृतिक प्रस्तुती गरे ।

बिभोर ढकाल र सुस्मिता थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रतियोगिताका सल्लाहकार शिवजी श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको साउन्ड एन्ड डिजेमा हेम बिस्ट,र ,फोटोग्राफरमा युद्ध पुन रहेका थिए ।कार्यक्रमको प्रत्यक्ष प्रशारण लन्डन नेपाल न्यूज डट कमका लागि प्रकाश कंडेलले गरेको स्थलगत भिडियो रिपोर्ट:

https://www.facebook.com/londonnepalnews/videos/184791045738772/

Leave a Reply

Your email address will not be published. Required fields are marked *