आज महाअष्टमीः कालरात्रिको पूजा गरिंदै

काठमाडौं । आज नवरात्रको आठौं दिन हो । आजको दिनलाई महाअष्टमी भन्ने गरिन्छ । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपमध्ये आज महागौरी देवीको पूजा आराधना गरिन्छ ।

महागौरीको पूजा गर्दा विभिन्न शक्ति पीठहरुमा बली दिने प्रचलन छ । माहागौरी माता दूर्गाको आठौं शक्तिको नाम हो ।

महागौरीको पूजा गर्नाले सबै पापबाट मुक्ति मिल्ने विश्वास हिन्दू सम्प्रदायमा छ । महागौरीले देवी पार्वतीका रुपमा भगवान शिवलाई पति पाउन कठोर तपस्या गरेकी थिइन् ।

महाअष्टमीको दिन महिलाले आफ्नो पतिव्रतका लागि महागौरीलाई बस्त्र चढाउँछन् । देवी महागौरीको पूजाविधि विभिन्न समुदाय अनुसार फरक-फरक हुने गर्छ ।
अष्टमीको दिन महागौरीलाई बली दिइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *