एनआरएनए यूकेको नेपालका मन्त्रीहरुसंग अन्तरक्रिया, नेताहरु भन्छन्, नागरिकता दिन्छौं

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले नेपालका वरिष्ठ मन्त्रीहरुसंग एक अन्तरक्रिया कार्यक्रम गरेको छ । बिहीबार सांझ अल्डरसटस्थित द प्यालेसमा भएको कार्यक्रममा बेलायतका गैर आवासीय नेपालीले नेताहरुसंग नेपाली नागरिकता निरन्तरता अभियानकैबारेमा आफ्नो ध्यानाकर्षण गराए । संविधानमा गैर आवासीय नेपाली नागरिकताबारे व्यवस्था भएपनि अब ऐन कानुन कस्तो बन्नेभन्ने सम्वन्धमा सर्वत्र चासो भइरहंदा सहभागीले मन्त्रीहरु सामु पहल गरिदिन आग्रह गरेका थिए ।

एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र वनमन्त्री शक्ति बस्नेतले नेपालको आर्थिक समृद्धि र विकासका लागि गैर आवासीय नेपालीहरुको ठूलो भूमिका रहेको जनाउंदै उनीहरुका मागबारे नेपाल सरकार सकारात्मक रहेको आश्वासन दिएका थिए ।

पहिलो चरणको कार्यक्रममा संघीय समाजवादी फोरमका नेता अशोक राई, महिला नेतृ सुशीला श्रेष्ठ, राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए यूके संरक्षक सूर्य गुरुङ, लगायतले सम्वोधन गरेका थिए ।

महासचिव आर के त्रिपाठीले सञ्चालन गरेको पहिलो चरणको कार्यक्रममा उपाध्यक्ष सुशिला राईले स्वागत मन्तव्य दिएकी थिइन् ।

दोश्रो चरणको कार्यक्रम उपमहासचिव विनय अधिकारीले सञ्चालन गरेका थिए जसमा नेताहरु र सहभागीबीच गम्भीर वहस भएको थियो ।

कार्यक्रममा एनआरएनए यूके उपाध्यक्षहरु पुनम गुरुङ शेर सुनार, प्रेम गाहामगर लगायत कार्यसमितिका केही सदस्य, ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासे लगायतको न्यून उपस्थिति थियो ।

हेर्नुहोस् लण्डन नेपाल न्यूज डट कमका प्रकाश कंडेल ले गरेको स्थल्गत भिडियो रिपोर्ट   :

https://www.facebook.com/londonnepalnews/videos/246010049423560/

Leave a Reply

Your email address will not be published. Required fields are marked *