लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पहिलो पटक डण्डीवियो आयोजना गरेका छ । े प्रेसिडेन्शियल अवार्ड २०१८ अन्तर्गत आयोजित अन्तर कलेज स्तरीय डन्डीबियो प्रतियोगिता राजधानीमा सुरु भएको छ । खेलको संघका अध्यक्ष भवन भट्ट तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले आज बिहान संयुक्त रुपमा उद्घाटन गरे ।
कुल १६ कलेज सहभागी खेलमा ६ कलेज अन्तिम प्रतिस्पर्धामा छनौट भएका छन् । रिम्स कलेज, ग्रिनफिल्ड कलेज, एजीएम कलेज, न्युटन कलेज, नाज्रेथ कलेज तथा कुटुम्ब कलेज यो खेलमा सहभागी छन् । नेपाल डन्डीबियो संघको प्राविधिक संयोजनमा भएको खेलमा प्रथम हुने टिमले पचास हजार, द्वित्तीय हुनेले तीस हजार तथा तृतीय हुनेले बीस हजार नगद प्राप्त गर्नुहुनेछ । प्रतियोगिता अहिले जारी छ । गैरआवासीय नेपाली दिवसका अवसरका संघले साताव्यापी कार्यक्रम आयोजना गरिरहेको छ ।






