एनआरए युएईको वार्षिक उत्सव नोभेम्बर २३ मा गर्ने निर्णय

लन्डन । एनआरएन युएईले आफनो वार्षिक उत्सव आगामी नोभेम्बर २३ तारिखका दिन गर्ने भएको छ । युएईले आगामी नोभेम्बर २३ तारिखका दिन आफनो वार्षिक उत्सव गर्ने १० औ कार्यसमिति बैठकले गरेको हो । एनआरएन यूएई प्रवक्ता मनु क्षत्रीका अनुसार बैठकले आगामी नोभेम्बर २३ का दिन वार्षिक उत्सव कार्यक्रम गर्ने निर्णय गरेको जानकारी दिए ।

क्षत्रीका अनुसार उत्सवका लागि निमित्त उपाध्यक्ष नेत्र शर्मालाई कार्यक्रम संयोजक तोकिएको छ । उत्सवका अवसरमा एनआरएनको यूएईको अभियानमा क्रियाशील रहँदै आउनुभएका महानुभाव, सामाजिक कार्यमा सहकार्य गर्दै आउनु भएका तथा संस्था रहेर आहोरात्र संस्थाको लागि खटिनु हुने व्यक्तित्त्वहरुलाई सम्मान कार्यक्रम समेत राखिने जनाइएको छ ।