२० वर्षपछि जन्मिएकी एक्ली छोरी आमाले भनिन् ‘पोष्टमार्टम नगरिदिनु’

बिहेको २० वर्षसम्म अनेकौं उपचार, धर्मकर्म, पूजापाठ गरेपछि बल्लतल्ल जन्मिएकी एक्ली छोरीको दुर्घटनामा मृत्यु भएको छ । भारतको इन्दौरमा दिल्ली पब्लिक स्कुलमा ३ कक्षामा पढ्ने श्रुती लुधियानीको मृत्यु भएपछि अस्पताल पुगेकी उनकी आमाले डाक्टरहरुलाई छोरीको पोष्टमार्टम नै नगर्न अनुरोध गरिन् ।

दुर्घटनामा श्रुतीसहित बस चालक र अन्य ३ बालबालिका को पनि मृत्यु भएको छ । शुक्रबार स्कुल विदा भएपछि बालबालिका लिएर घर छोड्न हिँडेको बस ट्रकसँग ठोक्किँदा बालबालिकाको मृत्यु भएको हो ।