लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को काउन्सिल बैठकमा भाग लिन एनआरएनए केन्द्रिय उपाध्यक्ष कुमार पन्त शुक्रबार राती लन्डन आइपुगेका छन् ।
टर्मिनल टु मा उत्रिएका एनआरएन अगुवा पन्तलाई स्वागतका लागी एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके उपाध्यक्ष शेर सुनार, उपमहासचिव विनय अधिकारी, धर्म विभाग संयोजक होमनाथ पौडेल, आईसिसी सदस्य रामशरण सिम्खडा,एनआरएनए अगुवाहरु चिरन्जिबी ढकाल, राजेन्द्र पुडासैनी, कृष्ण तिमल्सिना, हिराधन राई, बिजन भटट, थर्क सेन, बिरेन खड्का, हेम गुरुङ, रोजिना प्रधान राई लगायत संचारकर्मी विमानस्थल पुगेका थिए।
काउन्सिल बैठक २९ सेप्टेम्बर शनिबार बिहान ११ बजे देखि अल्डरसटस्थित एम्पायर हलमा हुने तयारी छ । विधानमै दुई वर्षभित्र कार्यकालभित्र एकपटक काउन्सिल बैठक गर्नुपर्ने प्रावधान छ ।
बैठकको संयोजन गरिरहेकी एनआरएनए यूके उपाध्यक्ष पुनम गुरुंगले सम्पूर्ण तयारी पुरा भएको जनाइन् । उनले बेलायतका करिब दुई सय संस्थालाई औपचारिक रुपमा आमन्त्रण गरिएको र आधा जसोले सहभागिताको प्रतिवद्धता जनाएको पनि बताइन् ।संयोजक गुरुंगले दोहोरो नागरिकता, नेपालीको हक हित, च्यारिटी आदि विषयमा छलफल हुने जनाएकी छन्।
हेर्नुहोस लण्डन नेपाल न्यूज़ डट कमका लागि शिब भण्डारी हिथ्रो विमानस्थलमै तयार परेको लाइभ भिडियो रिपोर्ट






