एनआरएन यूकेको कोषाध्यक्षमा शालिक सापकोटा किन, [भिडियोमा हेर्नुस]

लण्डन। एनआरएनए यूकेको निर्वाचन आउन हप्ता दिन बांकी रहंदा चुनावी माहोल निकै तातेको छ । यसैबीच एनआरएन यूकेको कोषाध्यक्ष पदमा वर्तमान कार्यसमितिका सदस्य सापकोटाले अब कोषाध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

सापकोटाले अहिले एनआरएन यूकेको प्रेस एन्ड पब्लिकेसन विभागको सचिवका रुपमा समेत काम गरिरहेका छन् । पछिल्लो ११ वर्षदेखि बेलायतको साउथ लन्डन बस्दै आएका सापकोटाले लण्डनमा मुस्तांग विजनेस म्यानेजमेन्ट कन्सल्टेन्सी संचालन गरेका छन् । उनी ग्राजुएट एण्टरप्रनर नेपलिज सोसाइटी यूके नामक संस्थाका अध्यक्ष पनि हुन् ।सामाजिक कार्यहरुमा समेत क्रियाशील सापकोटा चितवन एड ट्रस्ट ( क्याट ) यूकेमा सचिवको जिम्मेवारीमा छन् ।

एनआरएन भित्र एक कार्यकाल काम गरेको अनुभव बटुलेपछि अब यो संस्थामा थप योगदान गर्न उत्साहित भएको सापकोटाले बताएका छन् । संस्थाभित्रको आर्थिक पारदर्शितालाई मेन्टेन गर्दै आर्थिक रुपमा संस्थालाई थप बलियो र दिगो बनाउने लक्ष्यमा काम गर्ने उनको प्रतिबद्दता छ[भिडियोमा हेर्नुस]

एनआरएनए यूकेको आगामी नेतृत्व सम्हाल्ने नयां कार्यसमिति कस्तो आउला भन्ने जनमानसको चासो भने ९ सेप्टेम्बरमा पुरा हुने छ ।