लन्डन आइपुगे गोर्खा वारिअर’का निर्माता तथा निर्देशक मिलन चाम्स,रेडकार्पेट प्रिमियर शो को ब्यापक तयारी

लण्डन । लण्डनमा १० सेप्टेम्बरमा हुन लागेको ‘गोर्खा वारिअर’ फिल्मको प्रिमियरका लागि निर्माता तथा निर्देशक मिलन चाम्स लन्डन आइपुगेका छन् ।

शुक्रबार राती लन्डन आइपुगेका उनलाई विमानस्थलमा गोर्खा वारिअर’का निर्माता सुमन  राई,  आकाश सुनुवार,सन्तोष कुमार सुबेदी, रितेश चाम्स,सूर्य नेम्वाङ,भिम तामाङ लगायतले स्वागत गरे ।

उक्त सिनेमाको रेडकार्पेट प्रिमियर शो आइम्याक्स सिने वर्ल्ड लेस्टर स्क्वायरमा हुने तयारी छ । नेपाली फिल्मलाई आइम्याक्समा प्रिमियर गर्नु आफ्नो २० वर्षअघिको सपना रहेको निर्माता तथा निर्देशक चाम्सले लन्डन नेपाल न्यूज लाई बताए

निर्माता तथा निर्देशक चाम्सले वीर पूर्खाहरुलाई हेर्ने ऐतिहासिक दिन (प्रिमियर) लाई भब्य सफल बनाउन सबैमा अपिल पनि गरेका छन् ।

उक्त प्रिमियरमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ, विजय लामा सहित फिल्मका कलाकारहरु पनि लण्डन आउने चाम्सले बताए।

युद्धको कथामा बनेको ‘गोर्खा वारिअर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन छ । विमानस्थलमा स्वागत पछि कसले के भने भिडियो हेर्नुस