लण्डन ।गैर आवासीय नेपाली संघ ( एनआरएन ) यूकेको स्कटल्याण्ड राज्य समन्वय परिषद गठन गरिएको छ । बिहिबार अल्डरसटस्थित एनआरएन यूकेको आफ्नै कार्यालयको सभाहलमा सम्पन्न एनआरएन युकेको उच्चस्तरीय बैठकले मोहन कार्कीको संयोजकत्वमा स्कटल्याण्ड राज्य समन्वय परिषद गठन गरेको हो ।
अल्डरसटमा बसेको बैठकले अध्यक्षका प्रत्यासी तीन जनामध्ये सहमतिमा कार्कीलाई नेतृत्व दिइएको हो । उपाध्यक्षमा नारायण पहारी र काशीराम भण्डारी सचिवमा कृष्ण दाहाल, सहसचिवमा दीवाकर पाण्डे, कोषाध्यक्षमा धनबहादुर केसी, सहकोषाध्यक्षमा यदुमणि सापकोटा चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा रामप्रसाद बगाले, विजयमान डंगोल, उज्वल कार्की, गोविन्द खरेल, सुशीला गैरे, लक्ष्मी शर्मा सापकोटा, भोजराज खरेल, अन्जली चापागाईं, बलराम पौडेल, डिलाराम गैरे, कृष्ण देवकोटा, मनिष खत्री चयन भए । संरक्षकमा यज्ञमुर्ति ढकाल र भोला खनाललाई राखिएको छ ।
बैठकमा सबैलाई मिलेर अघि बढ्न एनआरएन युकेका संरक्षक डमर घलेले अनुरोध गरेका थिए । अध्यक्षका प्रत्यासीहरु भोला खनाल र यज्ञमुर्ति ढकालले तेस्रो प्रतिस्पर्धी कार्कीको नाममा सहमति जनाएका थिए । नवनिर्वाचित अध्यक्ष कार्कीले केन्द्रको विधानलाई मानेर सबैलाई संगठित गर्ने प्रतिबद्धता जनाए ।
गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामीले राज्य परिषदको गठन टुंग्याएर समावेशी एनआरएनए बनाउने अभियानमा सफलता हासिल गरेको उल्लेख गरे । एनआरएन महासचिव आरके त्रिपाठीले स्कटल्याण्डमा एनसीसी गठन भएपछि नेपालीहरुलाई संगठित गरेर अगाडि बढ्ने वातावरण मिलेको बताए । कार्यक्रम उपमहासचिव विनय अधिकारीसहित पुर्वअध्यक्ष योगेन क्षेत्री, उपाध्यक्ष प्रेम गाहा मगर, शेर सुनार, धर्म विभागका होमनाथ पौडेल, सदस्य मुकेश रानालगायतको उपस्थिति थियो ।






