लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएन ) ले काठमाडौंमा गर्न लागेको प्रथम विश्व विज्ञ सम्मेलन तयारी पूरा भएको जनाएको छ । सम्मेलन यही असोज २६ देखि २८ अर्थात अक्टोवर १२ देखि १४ सम्म हुँदैछ । कार्यक्रममा संयोजक डा.हेमराज शर्माका अनुसार सम्मेलनमा ४ सय भन्दा बढी सहभागिता रहनेछ । विदेशमा कमाएको पूँजी मात्रै नभई विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र अनुभवलाई पनि नेपालको समृद्धिका लागि उपयोग गर्ने उदेश्यका साथ सम्मेलन आयोजना हुन लागेको हो ।
एनआरएनको ‘विज्ञ सम्मेलन’ तयारी पूरा






