लण्डन । बेलायतको सांगीतिक भ्रमणमा बिग आइकनको सातौं संस्करणका विजेता सुबास गुरुङ लण्डन आइपुगेका छन् । बिग आइकन सुबास पोखरास्थित बिग एफएमका अध्यक्ष महेश भण्डारीसंगै शुक्रबार लण्डन उत्रिएका हुन् ।
बेलायतको झण्डै २ साता लामो बसाइका क्रममा बिग आइकन सुबासले यहांका विभिन्न ठाउंमा कार्यक्रमहरु गर्नेछन् । यसै बीच शनिबार सेप्टेम्बर २२ मा उनको पहिलो कार्यक्रम साउथ ह्यारोस्थित माया पबमा हुंदैछ । अर्को शनिबार सेप्टेम्बर २९ को सांझ प्लमस्टिडको डांफे रेष्टुरेन्टमा पनि सुबासको कार्यक्रम तय भइसकेको छ । अरु ठाउंहरुमा केहि कार्यक्रमहरुका लागि तयारी भइरहेको बेलायतमा बिग आइकनको कार्यक्रम संयोजनमा सहयोग गरिरहेका पत्रकार सिद्धार्थविक्रम क्षेत्रीले जानकारी दिए ।
बिग आइकन गुरुङ युरोपको नेपालीपत्रको निमन्त्रणा तथा द ब्रिटिश कलेजको व्यवस्थापनमा बेलायत आएका हुन् ।






