मलेसियामा रक्सी सेवनबाट ८ जनाको मृत्यु

काठमाडौं– मलेसियामा विषाक्त मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको छ ।

मलेसियास्थित नेपाली राजदूतावासका अनुसार उपचारका क्रममा ज्यान गुमाउनेमा देउराली–८, नवलपरासीका दुर्गा राना र वागमती नगरपालिका–८, सर्लाहीका शंकर ठकुरी छन् । रानाको सुगाईवुला र ठकुरीको सेरेम्वान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सेरेम्वान अस्पतालमा उपचारपछि एक नेपाली भने फर्किएका छन् ।