एनआरएन महिला फोरमले जापानमा यसरी मनायो तीज

टोकियो । एनआरएनए महिला फोरम जापानले तीज कार्यक्रम मनाएको छ । हरितालिका तीजको उपलक्ष्यमा जापानबासी दिदी बहिनीहरूलाई निशुल्क दर खुवाउँदै कार्यक्रम मनाएको हो । गैरआवासीय नेपाली संघ जापान महिला फोरमले नेपाली नारीको महत्वपूर्ण पर्व हरितालिका तीजको अवसरमा निशुल्क दर खुवाउने कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको हो ।

एनआरएन जापान महिला फोरम संयोजक सबिता श्रेष्ठ अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएन आइसिसी अध्यक्ष भवन भट्ट, बिशेषहरू अतिथि एनआरएन युवा संयोजक सुदन थापा, एनआरएन जापान अध्यक्ष टासी वांगदी लामा, नेपाल पत्रकार महासंघ जापानअध्यक्ष मोहन घले, कलाकार याम खत्रि, राजनैतिक दलका तथा संघसंस्थाका प्रतिनिनिधिलगायतको सहभागिता रहेको थियो ।