लण्डनमा ‘च्याम्पियन गल्फर अफ द इयर’ बने राज विष्ट, को हुन् उनि ?

लन्डन ।बेलायतको ग्रीनफोर्डमा नेपाली खेलाडीहरुको साझा संस्था गोर्खा गल्फ सोसाइटीको गल्फर अवार्ड २०२३ सम्पन्न भएको छ।

वेष्ट लन्डन गोर्खा गल्फ सोसाइटीको आयोजनामा वेष्ट लन्डन क्षेत्रमा रहेका नेपाली मूलका ५९ खेलाडी बीच भएको प्रतिष्पर्धामा होमराज विष्ट ‘च्याम्पियन गल्फर अफ द इयर २०२२-२०२३’ भएका हुन् ।

लन्डनस्थित योर ड्राइभिङ स्कुलका संचालक एबम नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन युकेका उपाध्यक्ष विष्ट पेशाले ड्राइभिङ इन्सट्रक्टर (प्रशिक्षक) रहेका उनि खेलकुद र सामाजिक सेवामा अग्रसर रहदै आएका युवा अभियान्ता समेत हुन।

खेलमा च्याम्पियन गल्फर अफ द इयर’ को उपाधि हात पार्न सफल बिस्टले लन्डन नेपाल न्यूज सँग भने प्रकृतिको आनन्द र हरियालीमा खेलिने हुनाले गल्फ मानव जीवनको एक महत्वपूर्ण अंग हो । हरेक प्रकारका शारिरीक, मानसिक, मनोवैज्ञानिक र बौद्धिक स्यास्थ्यसँग यसले गहिरो सम्बन्ध राख्दछ । 

गत एक वर्षदेखि हुँदै आएको प्रतियोगिताको फाइनल गत २० अगष्ट आइतबार वेष्ट मिडलसेक्स गल्फ कोर्ष ग्रीनफोर्डमा भएको थियो । विजेता विष्टलाई गत वर्षका विजेता तथा सोसाइटीका पूर्व क्याप्टेन युवराज गर्बुजाले च्याम्पियन कप र सोसाइटीका वरिष्ठ सदस्य महेन्द्र गुरुङले म्याच प्लेको उपाधि प्रदान गरे । ५ चरणमा भएको म्याच प्लेमा चारपटक लगातार जितेर उनी प्लेट वीनर पनि बन्न सफल भएका थिए ।सन् २०१८ मा स्थापित वेष्ट लन्डन गोर्खा गल्फ सोसाइटीमा करिब ७० सदस्य छन् । कुमार गुरुङ सोसाइटीमा क्याप्टेन छन् भने सचिवको जिम्मेवारी रमेश रानामा छ । विष्ट उक्त सोसाइटीका सदस्य हुन् । उक्त दिनको पुरस्कार वितरण समारोह सोसाइटीका अध्यक्ष कुमार गुरुङ, सचिव रमेश राना र कोषाध्यक्ष ललित राईले सञ्चालन गरेका थिए ।

सोसाइटीले एकापसमा भेटघाट, रमाइलो र मानसिक तनावबाट मुक्ति दिलाउने उद्देश्यले उक्त प्रतियोगिता गर्दै आएको छ ।