जनसम्पर्क समिति यूकेले मनायो १०५ औं बिपी जयन्ती(फोटो फिचर)

लण्डन । बेलायतको जनसम्पर्क समितिले प्रजातन्त्रका सेनानी एवं नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको १०५ औं जयन्ती मनाएको छ।

नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति यूकेले आइतबार कोइरालाको सम्झनामा एक कार्यक्रम सम्पन्न गरेको हो ।

१०५ औं बिपी जयन्तीको अवसरमा आइतवार लण्डनस्थित मायापबमा आयोजित कार्यक्रममा नेपाली साहित्य र राजनीतिमा विश्वेश्वरप्रसाद कोईरालाले पुर्‍याएको योगदानको स्मरण गरे।

जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि थिए,नेपाली कांग्रेस म्याग्दी जिल्ला सभापति खमवीर जंग गर्बुजा। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गर्बुजाले विपिले नेपालमा प्रजातन्त्र स्थापनामा राजनीति र साहित्यको माध्यमबाट पुर्‍याएको योगदान अतुलनीय रहेको बताए।

कार्यक्रममा विशेष अथिति एबं सल्लाहकार डा. सम्पूर्णानन्द ढुंगाना,नेपाली जनसम्पर्क समिति यूकेका पूर्व सभापति लोक गुरुङ, सल्लाहकार विश्व आदर्श पण्डित,प्रेस युनियन नेपालका केन्द्रीय उपाध्यक्ष रमेश ज्ञवाली,एनआरएनए यूकेका महासचिब राजकुमार त्रिपाठी,नेता विज्ञान प्रसाई,नेता चेतनाथ खनाल,समितिका उप-सभापति तर्क राज गुरुङ ,युबराज सिंह,एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री,लगायतले विपिले नेपाली राजनीतिमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए।

यसैगरी समितिका उप -सभापति कोपिला सुब्बाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा सहमहामन्त्री रोमियन लिम्बु,समिति यूके उप-सभापति- सूर्य नेम्बाङ, एनआरएनए यूके,उपमहासचिब बिनय अधिकारी, पत्रकार चिरन शर्मा, डा. मीन रानाभाट,खुसि लिम्बु,नेसा अध्यक्ष केस बहादुर गुरुङ, लगायतले जननायक विश्वेश्वरप्रसाद कोईरालालाई स्मरण गरेका थिए ।

कार्यक्रममा बेलायत भ्रमणमा रहेका पत्रकारद्वय रमेश पौडेल र रामकृष्ण ज्ञवालीलाई सम्मान गरिएको थियो।

समितिका उपसभापति महेश कुमार दाहालको संयोजनमा सम्पन्न कार्यक्रम महामन्त्री केशब भण्डारीले सञ्चालन गरेका थिए।यसै बीच कार्यक्रमका संयोजक एबं उपसभापति दाहालले उपस्थित सम्पूर्ण लाई धन्यवाद ज्ञापन गरे।

तस्बिर एभरेष्ट गौतम-खुसि लिम्बु