काठमाडौं– राजधानीको स्वयम्भु हाईटमा पार्किङ गरेर राखिएको गाडीभित्र शव फेला परेको छ ।
स्वयम्भु मन्दिरको पैसा फाल्ने स्थानभन्दा तल पार्किङ गरिराखेको अवस्थामा प्राईभेट कारमा शव फेला परेको बताईएको छ ।
बा. ८ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी वृत स्वयम्भुले जनाएको छ ।
मृतकको पहिचान काठमाडौंको नैकाप बस्ने ३२ वर्षीय श्याम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
भित्रबाट रगत बगिरहेको अवस्थामा गाडी फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।






