एनआरएन मध्य पूर्व सम्मेलनमा अधिकांश आइसिसी पदाधिकारीको सहभागिता

यूएई । एनआरएनको मध्य पूर्व सम्मेलनमा अधिकांश आइसिसी पदाधिकारीको सहभागिता रहेको पाइएको छ । सम्मेलनममा आइसिसी अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरु क्रमश कुल आचार्य, कुमार पन्त, महिला उपाध्यक्ष सपिला राजभण्डारी, महासचिव बद्र केसी, सचिव डिवी क्षत्री, महिला सचिव जानकी गुरुगं, महिला विभाग प्रमुख रजनी प्रधान, एनआरएन यूरोप संयोजक शिवकुमार बरुवालको सहभागिता रहेको छ । त्यस्तै संरक्षकमा जीवा लामिछाने पनि कार्यक्रममा सहभागिता छ ।

आज एक कार्यक्रमकाबीच खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरले सम्मेलनको औपचारिक उद्घाटन गर्नुभयो । मन्त्री मगरले उद्घाटन गर्दै वर्तमान सरकारले स्वदेशमै रोजगारीको वातावरण बनाउदै लगेकाले स्वेदश फर्किन विदेशमा रहेका नेपालीलाई आह्रवान गरिन ।

‘तपाईहरुको पसिनाले टल्केको, चम्केको युएई देख्न पाए । लोभ लागेर आएको छ । अब तपाई हाम्रै्र पसिनाले आफ्नै मुलुक भिजाउने हो । चम्काउने हो, उनले भनीन, ‘यसको लागि तपाईहरु तयार हुनुहोस् । हामी आफ्नै मुलुक वनाउने वाताबरण वनाउदैछौं । त्यो दिन धेरै टाढा छैन । मुलुकलाई सम्बृद्धि वनाउन तपाई हामी पक्कै भाग्यवानी पुस्ता हुनेछौं भन्ने मलाई आशा छ । विश्वास छ ।’

मध्य पूर्व एनसिसीका ११ वटा देशबाट सम्मेलनमा करिब सय जनाको सहभागिता रहेको छ । भोलीसम्म चल्ने सम्मेलनले श्रमिकका समस्याहरु पहिचान गरि सरकारलाई सुझाव दिने तयारी भइरहेको मध्य पूर्व संयोजक आरके शर्माले जानकारी दिए ।