एनआरएन मध्य पूर्वको सम्मेलन शूरु

लन्डन । गैरआवासीय नेपाली संघ मध्य पूर्वको छैठौ सम्मेलन आजदेखि यूएईमा शूरु भएको छ । सम्मेलनमा नेपाल सरकारको तर्फबाट खानेपानी मन्त्री बीना मगर सहभागि भएकी छिन । साथै पूर्व मन्त्री रमेश लेखक, एनआरएका अधयक्ष भवन भट्ट, उपाध्यक्ष कुल आचार्य, महिला उपाध्यक्ष सपिलला राजभण्डारीको उपस्थिति छ ।

अन्य पदाधिकारी आउने क्रम जारी रहेको आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन मध्य पूर्वका पूर्व संयोजक डिवी क्षत्रीले गर्नुभएको छ भने अध्यक्षता मध्य पूर्व संयोजक आरेक शर्माले गरेका छन् ।

सम्मेलनमा विभिन्न ११ वटा एनसिसीबाट प्रतिनिधिको सहभागिता रहेको यूएई अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए । तीन दिनसम्म चल्ने सम्मेलमा अहिले मध्यपूर्वका बिभिन्न राष्ट्रिय समन्वय समिति हरुले आआफनो प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।