लन्डन । एनआरए रसिया र राजदूतावासको संयुक्त आयोजनामा रसियामा नेपाल फेस्टिवल हुने भएको छ । फेस्टिवल आगामी अक्टोवर ५ देखी ७ गते सम्म रसियाको राजधानी सहर मस्कोको मुटुमा रहेको प्रदर्शनी हलमा आयोजना गर्ने निर्णय भएको एनआरएन रसिया एनसिसीका अध्यक्ष रामेश्वर गौतमले बताए ।
फेस्टिवललाई भव्यतापुर्बक सम्पन्न गर्नका लागि नेपाली राजदुतावासका राजदुत ऋषिराम घिमिरेको संयोजकत्वमा एनआरएन रसियाका अध्यक्ष रामेश्वर गौतमको सहसंयोजक रहेको ११ सदस्यीय मूल आयोजक कमिटी समेत गठन भई तयारी भइरहेको जनाइएको छ ।






